सर्वोच्चको निर्णय, जनताको विजय



Published Date:2021-02-25

रित बहादुर श्रेष्ठ (कृष्ण)

जब शासकको उल्टो बुद्धि बढ्छ, निरंकुशता हावी हुन्छ तब शासक आफ्नै कारणले ढल्छ। यो विश्व राजनैतिक इतिहासले प्रष्ट्याउछ। यस्तो इतिहासबाट नेपाल पनि अछुतो छैन।
पुस ५ नेपाल र नेपाली जनताले विर्सन नसक्ने गरि प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपती विध्यादेवि भण्डारीले सबिधानमै नभएको अधिकार बलजफ्ती प्रयोग गरि अझै २ वर्ष समयाअबधी रहेको संधिय संसद विघटन गरि २०७८ वैशाख १७ र २७ गते दुई चरणमा गर्नेगरि मध्यावधि निर्वाचन घोषणा गर्यो।


सत्यकुरा शुरुमा अल्पमतमा पर्छ अनन्त विजय हुन्छ भने झै सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गर्दै १३ दिन भित्र संसद बोलाउन परमाआदेश जारी गर्दै पुस ११ गते संधिय संसद पुनर्स्थापना गरिदियो। उक्त दिन प्रधानमन्त्रीले आफ्नो ७० औ जन्मदिन मनाउदै रमाइ रहदा सर्वोच्चले संसद पुनर्स्थापना गरि वम्पर उपहार दिएको थियो। प्रधानमन्त्रीले आफ्नो पार्टी भित्रको किचलो व्यवस्थापन गर्न नसक्दा संसद विघटन गरेको थियो। तत्पश्चात जनता समाजवादी पार्टी नेपाल , प्रचण्ड ९ माधव समुहको नेकपाले सशक्त आन्दोलन , राके जुलुस साथै प्रधानमन्त्रीको पुत्ला दहन गरि विरोध गरेको थियो भने नेपाली काङ्ग्रेसले दुबै हातमा लड्डु राखी मनको लड्डु मनमनै घ्युससँग खादौ दोधारे नीति अनुरुप आन्दोलन पनि गर्ने तथा समर्थन पनि गर्ने गरेका थिए।
उक्त विघटनको विरुद्धमा नागरिक समाज, विभिन्न संघ संस्था पनि विरोध, आन्दोलन गरेको थियो। अझ रमाइलो कुरा त के थियो भने प्रचण्ड माधव समुहले विरोध आन्दोलन गर्दा त्यस्को प्रतीकात्मक रुपमा प्रधानमन्त्री केपि ओलि समुहको नेकपाले आफ्नो समर्थनमा विरोध आन्दोलन , सभा गर्दै एक अर्कालाइ गाली गर्दै दुबै पक्ष नाङ्गेझार भएका थिए। संसद विघटनको मौका छोपी प्रधानमन्त्रीले समसदिय समिति नभएको अवस्थामा सर्वत्र विरोध हुदाहुदै दुई दर्जन सबैधानिक नियुक्ति गरेका थिए। जब मान्छेले एउट गल्ती गर्छ अनि हजारौ गल्ती गर्न पछि पर्दैन भन्ने भनाइ साबित गरेका थिए।
अबको सरल बाटो प्रधानमन्त्रीबाट राजिनामा , नदिए घोक्रेठ्याक , सयुक्त नया सरकार गठन अनि महाअभियोग। गल्ती गर्नेले सजाय पाउनुपर्छ यदि सजाय दिदैन भने अर्को महागल्ती हुनेछ।
विश्व इतिहासलाई हेर्दा शासकले जनतालाइ निरकुशताको बलमा केही समय हराए पनि दबाए पनि अनन्त जनताको विजय सुनिश्चितता हुन्छ, हुनेछ र भैरहनेछ। यस्तै नेपालमा पनि अहिले सर्वोच्च अदालतको निर्णय नेपाली जनताको पुनस् जित भएको छ।यो जितलाई पार्टीले जनताको हितमा प्रयोग गर्नु पर्दछ। (लेखक श्रेष्ठ जनता समाजबादी पार्टीका युवा नेता तथा संधिय परिषद सदस्य हुन् ।

Related Posts

जनता समाजबादी पार्टीको सुदृढीकरण आवश्यक
रित बहादुर श्रेष्ठ ‘कृष्ण’ युवा नेता रित बहादुर श्रेष्ठले दिए आठ सुझाब समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी एकिकरण गरेर जब जनता समाजबादी पार्टी ...
धर्म सम्बन्धी कसुर र सजाय
बिष्णु निश्चल पछिल्लो समय धर्म परिर्वन गर्नेक्रम तिब्र रुपमा बढेको बिभिन्न अध्यनहरुले देखाएका छन् आखिर मानिसले धर्म परिर्वतन किन गर्छन त । धर्म भन्...
ज्यान सम्बन्धी कसूर र सजाय
बिष्णु निश्चल मुलुकी अपराध संहिता, २०७४ मा ज्यान सम्बन्धी ९ वटा कसूर सजायको बारेमा व्यवस्था गरिएको छ । नेपालको कानून अनुसार जन्मकैदसम्मको सजाय हुने...