भृकुटीमण्डपको मेलामा जुत्ता किन्नु भयो ? मेला अबधि दुई सातालाई थप, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणको भिड



Published Date:2021-02-24

भर्खरै कोरोनाको कहरबाट राजधानी मुक्त हुँदैछ । बजारमा चहलपहल बढ्न थालेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले यही मौका छोपेर राजधानीको भृकुटीमण्डपमा जुत्ता, चप्पल मेला गरिरहेको छ । ब्यापारीलाइ ब्यापार बढाउनु छ। सर्वसाधारणलाइ सस्तोमा एउटै छानामुनी, नेपालका चर्चित ब्राण्डका जुत्ताचप्पल किन्ने अबसर जुरेको छ ।
त्यसैले भृकुटीमण्डको जुत्ताचप्पल व्यापार मेलामा सर्वसाधारणको भिड बढेको छ । भृकुटीमण्डप यतिखेर मेलामय भएको छ । जुत्ता, चप्पल व्यापार मेलामा अवलोकनकर्ताको अधिक भिडका कारण दुई सातालाई थपिएको छ ।
सर्वसाधारणको भिड बढ्दै गएकाले मेला अवधि बढाइएको विएिफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलाको आकर्षक निकै बढेको छ, उनले भने, त्यसैले सबैले सुलभ मूल्यमा जुत्ताचप्पल किन्न पाउन भनेर मेलाको अवधि बढाएका छौं ।
मेलामा ४ लाखभन्दा बढीले अबलोकन गरिसकेको विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक उपाध्यायले जानकारी दिए । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएको बजारलाइ चलायनमान बनाउन आयोजना गरेको जुत्ताचप्पलको बृहत मेलामा सस्तोमा फुटवेयर किन्न पाउने भएपछि अवलोकन गर्न सर्वसाधारण ओइरिएको एसोसिएसनले जनाएको छ।

मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतको सहभागीता छ ।
एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयोजक तथा फुटवेयर मेनुफेक्चरर एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन् ।

मेलामा उपभोक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने रोयल सुजका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए । लामो समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्रो अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय बताउँछन् । मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् । मेला आगामी फागुन २० गतेसम्म संचालन हुने छ

Related Posts

गलैंचा उत्पादक संघमा गुरुङ
काठमाडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वा...
एउटै छानामुनि १८ ब्राण्डका जुत्ताचप्पल, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणकाे भिड
एउटै छानामुनि १८ ब्राण्डका जुत्ताचप्पल, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणकाे भिड र्खरै काेराेनाकाे कहरबाट राजधानी मुक्त हुँदैछ । बजारमा चहलपहल बढ्...
तीन महिनामा मोवाइलको अनधिकृत (ग्रे) बजार नियन्त्रण गरिने :अध्यक्ष खनाल
काठमाडौं । नेपालमा मासिक आयात हुने १० लाख मोवाइल सेटमध्ये २ लाख ५० हजार सेट अवैध हुने गरेका छन् । अवैध बाटोबाट ल्याएर बजारमा पु¥याइएका यी मोवाइलको ...