परिवार दललाई संसद बिघटन बिरुद्धको आन्दोलनमा साथ दिन पूर्व प्रधानमन्त्री नेपालको आग्रह



Published Date:2021-02-17

परिवार दलका अध्यक्ष ढकाल र पूर्वप्रधानमन्त्री माधब नेपाल बीच भेटवार्ता

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधब कुमार नेपालसंग बुधबारभेटवार्ता गर्नु भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा समसामयिक राजनैतिक बिषयहरुमा छलफल भएको भेटमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । पौडेलका अनुसार भेटमा अध्यक्ष नेपालले परिवार दललाई संसद बिघटन बिरुद्धको आन्दोलनमा साथ दिन आग्रह गरेको बताए ।

जवाफमा अध्यक्ष ढकालले देशमा विषम परिस्थिति सृजना हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै राष्ट्रले थप द्वन्द थेग्न सक्दैन भन्दै सबै जिम्मेवार राजनैतिक दलहरुलाई संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आग्रह गरेको प्रवता पौडेलले जानकारी दिए । ढकालले नेता नेपाललाई देशको मौजुदा समस्याहरु समाधान गर्न नेतृत्वदायी भूमिका खेल्न नेता नेपाललाई आग्रह गरे । भर्खरै भारत भ्रमणवाट फर्केका नेता ढकालले पूर्व प्रधानमन्त्री नेपाल संग भेटेका हुन्। परिवार दलले पछिल्लो समय आफ्नो राजनैतिक कार्यक्रम विस्तार गर्दै सुदुरपश्चिम प्रदेश र १ नम्वर प्रदेशको भेला सम्पन्न गरेको छ। परिवार दलले संसद विघटनको मुद्धाको उचित फैसला सर्बोच्च अदालत वाटनै हुने र नेकपाको विवादको समाधान निर्वाचन आयोगको निर्णय द्वारानै हुने बिश्वाश ब्यक्त गर्दै आएको छ।

Related Posts

कोरोना उपचारमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने चिकित्सकहरु शन्तिदुतका रुपमा सम्मानित
कोरोना महामारीको समयमा जोखिम मोलेर पनि उपचारमा संलग्न भएर ऐतिहासिक भुमिका निर्बाह गर्नुभएका चिकित्सकहरुलाई शनिबार एक समारोहकाबीच सम्मान गरिएको छ । ...
विप्लवलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एकपटक साहसी कदम चालेको बताएका छन्। उनले विप्लवसँग...
सरकार र विप्लवबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर
 प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रव...