एउटै छानामुनि १८ ब्राण्डका जुत्ताचप्पल, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणकाे भिड



Published Date:2021-02-16

एउटै छानामुनि १८ ब्राण्डका जुत्ताचप्पल, ५० प्रतिशत छुटमा पाउँदा सर्वसाधारणकाे भिड र्खरै काेराेनाकाे कहरबाट राजधानी मुक्त हुँदैछ । बजारमा चहलपहल बढ्न थालेकाे छ ।  फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले यही माैका छाेपेर राजधानीकाे भृकुटीमण्डपमा जुत्ता, चप्पल मेला गरिरहेकाे छ । ब्यापारीलाइ ब्यापार बढाउनु छ। सर्वसाधारणलाइ सस्ताेमा एउटै छानामुनी, नेपालका चर्चित ब्राण्डका जुत्ताचप्पल किन्ने अबसर जुरेकाे छ । त्यसैले भृकुटीमण्डकाे जुत्ताचप्पल व्यापार मेलामा सर्वसाधारणकाे भिड बढेकाे छ । भृकुटीमण्डप यतिखेर मेलामय भएकाे छ । मेलामा २ लाख जनाले अबलाेकन गरिसकेकाे विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्यायले जानकारी दिए । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएकाे बजारलाइ चलायनमान बनाउन आयाेजना गरेकाे जुत्ताचप्पलकाे बृहत मेलामा सस्ताेमा फुटवेयर किन्न पाउने भएपछि अवलाेकन गर्न सर्वसाधारण ओइरिएकाे एसाेसिएसनले जनाएकाे छ।

मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतकाे सहभागीता छ ।

एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयाेजक तथा फुटवेयर मेनुफेक्चरर एसाेसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन् ।

मेलामा उपभाेक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने राेयल सुजका अध्यक्ष भिमलाल पाैडेलले जानकारी दिए । लामाे समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्राे अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्याय बताउँछन् ।   मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् । मेला आगामी फागुन २० गतेसम्म संचालन हुने छ

Related Posts

संक्रमितले सबै अस्पताल भरिए
 कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीब्र रुपमा बढेसँगै काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ । अत्यावश्यक कामबाहेक मानिसह...
अक्सिजन सिलिन्डर खोज्दै सरकार
अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य म...
अस्ताए प्रेमध्वज प्रधान
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ स् ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न...