काठमाण्डौ । नेपाल परिवार दलले तामाङ समुदायको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ औं को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख शान्ति समृद्धिर उत्तरोत्तर प्रगतिको कामना सहिद शुभकामना व्यक्त गरेको छ ।
दलका प्रवत्ता सन्तोष कुमार पौडेलले सोनाम ल्होसारको शुभकामना शन्देश दिदै हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् मुलुकमा बसोबास गर्ने सबै जातजातिको धर्म संस्कार संस्कृति, चाडपर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्नु सरकार, राजनैतिक दल, नागरिक समाज लगाएत सबैको प्रमुख दायित्व भएको बताएका छन् ।