प्रतिगमन बिरुद्ध जनता समाजबादी पार्टी भक्तपुरको मसाल जुलुस



Published Date:2021-02-11

काठमाण्डौ । प्रधानमन्त्री र राष्ट्रपति यहि पौष ५ गते गरेको संसद विघटन तथा मध्यावधि निर्वाचनको विरुद्ध तथा संसद पुनर्स्थापनाका लागि निरन्तर रुपमा जनता समाजवादी पार्टी नेपालले आन्दोलन गरिरहेको छ। त्यसै अनुरुप पौष २८ गते देशव्यापी रुपमै गरिने पुर्व निर्धारित कार्यक्रमलाई सफल बनाउन जसपा जिल्ला समन्वय समिति भक्तपुरले भुलाड्ढचादेखि टौमढिसम्म साड्ढझ ५ बजे नारावाजी गर्दै मशाल जुलुस निकालेको थियो।

प्रधानमन्त्रीले संविधान मै नभएको नलेखिएको नीरड्ढकुश अधिकार प्रयोग गरि प्रतिगमन कदम चालेको र राष्ट्रपतिले दुधको साक्षी बिरालो बनि, अन्धभक्त भै सड्ढसद विघटन तथा मध्यावधि निर्वाचन सदर गरेकोले प्रतिगमन विरुध्द पौष ५ गते देखि निरन्तर रुपमा जसपा नेपालले आन्दोलन, पुत्ला दहन, मशाल जुलुश गर्दै आएको छ। साथै सड्ढसद पुनर्स्थापना नभए सम्म जसपा नेपालले निरन्तर आन्दोलन गर्ने भएको छ। आवश्यक परे सड्ढयुक्त आन्दोलनको नेतृत्व लिन जसपा नेपाल तयार रहेको जसपाको एक नेताले बताएका छ्न।
उक्त मशाल जुलुशमा जसपा केन्द्रिय सदस्यद्वय कृष्ण बहादुर घजु, विरेन्द्र प्रधान, सड्ढघिय परिषद सदस्य रित बहादुर श्रेष्ठ तथा भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष श्याम शिल्पकार लगाएत अन्य नेता अभियन्ताहरूको सकृय सहभागिता रहेको थियो ।

Related Posts

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न
सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला ...
बिप्लव नेतृत्वको नेकपासँग सरकारले बार्ता समिति बनाएकोमा परिवार दलको स्वागत
काठमाण्डौ । नेपाल परिवार दलले प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । दलका महामन्त...
सरकार र विप्लवबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर
 प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रव...