मकवानपुरको बागमती गाउँपालिका २ राईगाउँमा सोनाम ल्होछारको अबसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । राईगाउँ युवा क्लबको आयोजनामा तामाङ समुदायको सास्कृतिक पर्व २८५७ औ लाङ ल्हो ९गाई बर्ग० सोनाम ल्होछारको अवसरमा फाल्गुन १ गते कार्यक्रम हुने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक छबि बम्जनले बताउनु भयो ।
सांस्कृतिक कार्यक्रममा ख्याती प्राप्त र मकवानपुरको स्थानीय स्तरमा रहेका प्रतिभाशाली तामाङ कलाकारहरूले विभिन्न प्रस्तुती दिनेछन ।
कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति राष्ट्रिय कलाकारहरु गायक मार्मिक लामा , सुरेश लामा,मदन घलान ,सुकमित घिसिङ्ग ,फुलकुमार बम्जन ,सुरज जिम्बा गायिका शशिकला मोक्तान ,निर्मला घिसिङ्ग ,रेश्मा बम्जन ,सुजिता जिम्बा ,नायिका सुनिता लुङ्गबा लगायत कलाकारहरुले दर्शकलाई नचाउने छन् ।
सो कार्यक्रम स्मारिका थिङ्ग संचालन गर्नु हुनेछ भने कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष सर्केश घलानले गर्नु हुनेछ ।
सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।
‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।
बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै स् मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।