मानव वेचबिखन बिरुद्ध सचेतना मूलक अभियान आवश्यक



Published Date:2021-02-04

बिष्णु निश्चल
नेपालमा मानब बेचबिखनका घटनाहरु बढीनैरहेका छ । बिशेषगरी बिभिन्न प्रलोभनमा पारेर भारतका बिभिन्न शहरहरुमा लगेर बेचबिखन गरेको छन् । संसारमा सबैभन्दा धेरै आर्थिक आम्दानी गराउने गैरकानुनी धन्दा मध्ये मानब बेचबिखनको अपराध पनि हो भन्ने गरिन्छ ।
दशकौं देखी नेपालले समेत भोग्नुपरेको यो अपराधलाइ नियन्त्रण गर्न बिभिन्न कानुन निर्माण भएपनि हाल प्रचलनमा रहेको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अगाडीका अन्य ऐन भन्दा उपयुक्त कानुनको रुपमा अंगिकार गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार एक बिश्वब्यापी समस्या हो । यसलाइ जघन्य अपराधको रुपमा लिइन्छ । कुनै पनि उदेश्यले मानिस किन्ने वा बेच्ने,कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृतिमा लगाउने वा अन्य मुलुकमा बिक्रि बितरण गर्ने प्रचलित कानुन बमोजिम बाहेक झुक्याएर अंगझिक्ने वा वेश्यागमन गर्ने कार्यलाइ मानव बेचबिखनर्काय भनिन्छ । भने मानव ओसारपसार भनेको मानव किन्ने बेच्ने उदेश्यले मानिसलाइ विदेशमा लैजाने, वेश्यावृतिमा लगाउने वा शोषण गर्ने उदेश्यले कुनै प्रकारले ललाइफकाइ प्रलोभनमापारी, झुक्याइ, करकाप गरी ,अपहरण गरि,शरिर बन्धक राखि, वेहोस पारी, डर,त्रास,धम्कीदिइ कसैलाइ वसिरहेको घर स्थानवा ब्यक्तिवाट छुटाइ लग्ने वा एक ठाउँ वाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा कसैलाइदिने कार्यलाइ जनाउछ ।
नेपालमा प्राचिन समयमा मानव बेचबिखन सम्वन्धी अपराध खासगरी राजा,महाराजाहरुले दरवारमा केटी सुसारे ढाइ आमाआदीको नाममा केटीहरुलाइ राख्ने र ल्याउने देखि बिकसित भएको अपराधको सुरुवात हो । २०४७ सालभन्दा अगाडी राहदानीलिने दिने कडाइका कारणले गर्दा भारतीय यौन वजारमा मात्र यसको फैलावट रहेकोमा २०४६ सालपछि राहदानी वितरणमा आएको खुकुलो पनको कारणले विदेशमा म्यानपारको रुपमा मान्छेहरु वाहिर पठाउने नाममा नेपाली चेलीवेटीहरु एसिया, अष्टेलियामा समेत विभिन्न वहानामा यौनवजार, यौनशोषण गर्ने समस्याले अन्तराष्टिय स्वरुपलिदै आएको छ ।
नेपालमा यस्तो किसीमको गम्भिर अपराधलइराज्यले प्रथम पटक मुलुकी ऐन १९१० वाट नै मानव बेचबिखनगर्ने कार्यलाइ रोक लगाएको थियो । अझ कडा कानुनी कारवाही गरि उपचार दिलाउन जिउमास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ निर्माण गरि यो अपराधलाइ बशेष अपराधको रुपमावर्गिकरण गरेको थियो । हालउक्त ऐनलाइखारेज गरि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ लागु रहेको छ ।
गरीवी, बेरोजगारी, अशिक्षा, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, छोराछोरी विचको भेदभाव र वालविवाह, घरेलुहिसां हेला ज,अप्रयाप्त तथा फितलो कानुनी ब्यवस्था, खुला तथा अनियन्त्रित वजार, वढदो शहरीकरण, उच्चजिवनस्तरको चाहना र साथीसँगीहरुको प्रलोभन । प्रत्येक वर्ष नेपालवाट १० देखि १२ हजारको संख्यामा बेचविखनमा परेको देखिन्छ । दलालहरुले फकाउनको लागि चेलिवेटिका नजिकका नातेदार मार्फत लोभ लालचा देखाउनुको साथै घुम्ने रमाइलो गर्ने राम्रो रोजगारको आश्वास नदिने र धोका दिने मनसायले प्रेम विवाह गरि वेश्यालयमा पुरयाउने गरेको पाइन्छ । यस्ता वेचविखनका कारणले हजारौ युवा युवतिहरुले आत्महत्या गरेको पाइन्छ ।
कानुनी कुरालाइ स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले मानव वेचविखनको वारेमा जनचेतनामुलक संचालन गर्ने र अपराध गर्नेलाइ कानुनी कठघारामा ल्याउन सहयोग गर्ने ,बेचबिखन गर्ने दलाल, उनीहरुलाइ प्रोत्साहित गर्ने ब्यक्तिलाई सामाजिक वहिष्कार गर्ने, काम गर्ने ठाउँ काम लगाउने मानिस राम्रो छ वा छैन वुझेर मात्र कामगर्ने , अरुको लहैलहैमा लागेर नहिडने,घरेलु हिसांको कानुनी उपचार खोज्ने,शंकास्पद ब्यक्तिमने सहयोग नमाग्ने कसैको करकापमा नपर्ने,आफुलाइ असुरक्षित महसुस हुना साथ प्रहरी, छिमेकी, सामाजिक संघसंस्था, विभिन्न खाले समुहहरु आदीलाइ खवर गर्ने गर्नु पर्छ ,त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल, भारतसँग जोडिएका सिमाना क्ष्ेत्रमा सुरक्षा निकायजवाफ देहि हुनुपर्छ ।
तसर्थ वेचविखन विरुद्ध अभियानहरु संचालनगरि रेडियो टेलिभिजन पत्रपत्रिकाहरुले सन्देशमुलक कार्यक्रम प्रकाशन र प्रशारण गनुर्पछ । हालभएको कानुनको कार्यन्वयन र यसलाई समयसापेक्ष सुधार गरि अझ कडाईका साथ सामाजिक र कानुनी रुपले अपराध हो भन्ने ढंगवाट अघि वढनु अहिलेको आवश्यक्ता हो ।

Related Posts

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान सा...
कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ
कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिष...
दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा
पुस १४ ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट ला...