आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा



Published Date:2021-02-04

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् ।
गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन् ।
मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।
भिडियो पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ ।
निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन् ।
इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन्

Related Posts

कोरोना उपचारमा नेतृत्वदायी भुमिका निर्बाह गर्ने चिकित्सकहरु शन्तिदुतका रुपमा सम्मानित
कोरोना महामारीको समयमा जोखिम मोलेर पनि उपचारमा संलग्न भएर ऐतिहासिक भुमिका निर्बाह गर्नुभएका चिकित्सकहरुलाई शनिबार एक समारोहकाबीच सम्मान गरिएको छ । ...
विप्लवलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एकपटक साहसी कदम चालेको बताएका छन्। उनले विप्लवसँग...
सरकार र विप्लवबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर
 प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रव...