अंशवण्डा सम्बन्धी के छ कानुनी ब्यबस्था ?



Published Date:2021-01-27

बिष्णु निश्चल

पछिल्लो समय हाम्रो समाज अंश बण्डाको निउँमा बाउ र छोरा दाजु र भाईका बीचमा मुद्धा मामला हुने गरेको छ । अंशको नाममा मान्छेकोे हत्या सम्म हुनेगरेको हामीले सुन्ने गरेका छौ । बाउँले छोरालाई अंश दिएन र मुद्धा गरेको छ भन्ने हामीले सुन्ने गरेका छौ । अशबण्डाका कारण झैझगडा, काटमार, मनमुटाव, अशान्ती तथा मुद्धा मामिला बढी रहेका छन ।
मुलुकी (देवानी) संहिता ऐन २०७४ मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । जसलाई सगोलको सम्पत्ति अंशबण्डा गरेर लिने व्यक्तिलाई अंशियार भनिएको छ । ऐनको परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । प्रतिस्थापन मुुुलुकी ऐनले पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने जनाएको छ । त्यस्तै ऐनको २०६ दफामा अंशको समान हकदार हुने भनिएको छ । उपदफा (१) मा प्रत्येक अंशियार अंशको समान हकदार हुने उल्लेख छ भने २ मा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी उसलाई अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्ने उल्लेख छ ।
नेपालको कानुन अनुसार मानिस जन्मदेखि नै अंशियार हुने र उसले अंश पाउने हक आजन्म रहन्छ । तर एक पटक बण्डा भै सकेपछि वा अंश बुझिलिइ सके पछि पुनः अंश पाउँ भनेर उजुर वाजुर वा नालिस गर्न पाउने व्यवस्था भने छैन । लोग्ने नै भिन्न भै सकेकोमा स्वास्नीले अंश दावी गर्न पाउदैन । अर्कोतिर अर्कोलाई लोग्ने भनी अंश मुद्धा दिइ मिलापत्र गरेकोमा पनि अंशियार कायम हुदैन । पेटबोलीमा बुझिएको मानिस पनि अंशियार हुन सक्ने व्यवस्था छ । अंश हक जन्मसिद्ध अधिकार हुने हुदा अरुले हक छाडदैमा पनि आफ्नो हक जादैन । यदि वादीले अंश नलिइ सकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मालिने व्यक्ति मरि सके पनि मुद्धा सकार गर्ने प्रतिवादीहरूसगँ आफ्नो पतिको अंश पाउने व्यवस्था छ । त्यसैगरी कुनै जिवित छोरालाई नदेखाइ बाबु र अन्य छोराले मानो छुटाउछन र अंश गर्दछन भने त्यस्तो जिउँदो छोरालाई त्यस्तो मानो छुट्टिएको एवं अंश बण्डाको लिखतमा नदेखिएको नाताबाट उसको अंशको हक नजाने ब्यबस्था छ । बाबुको नामको सम्पत्तिमा अन्यथा प्रमाणित नभए सम्म सबै छोराहरूको हक लाग्ने तथा सगोलको अंशबण्डा लाग्ने सम्पत्तिमा कुनै एक को मात्र नभइ सबै अंशियारको समान हक लाग्ने व्यवस्था पनि छ ।
मिलापत्रको आधारमा पनि अंशको हकबाट कोही कसैबाट बञ्चित गर्न नसक्ने भन्ने जस्ता सम्मानित सर्बोच्च अदालतबाट विभिन्न समयमा नजिरहरू जारी भइ अंश सम्बन्धि हकको सुरक्षा गरेको पाइन्छ ।

बाबुले पनि छोरासँग र श्रीमानले पनि श्रीमतीसँग पनि अंश माग गर्न पाउने वा सगोलमा रहेका जो सुकैको नाममा सम्पत्ति रहे पनि निजको निजी भएको प्रमाणित गर्न सक्ने ठोस सवुद प्रमाण रहे भएको नदेखिएसम्म त्यो सगोलकै सम्पत्ति मान्नु पर्ने तथा कुनै एक अंशियारको नाममा दर्ता रहेको जग्गा व्यवहार चलाउनको लागि विक्रि गरेकोमा कुनै अंशियारले नालिस उजुर गरेको छैन भन्ने मात्र आधारले त्यस्तो जग्गालाइ अंश छुट्टिइ बिक्रि गरेको भन्ने प्रमाणित हुन नसक्ने, अंश बण्डा गर्दा अंश पाउने जति सबैको बराबर गर्नु पर्ने र कुनै पनि अंशियारको नाममा दर्ता रहेको रहेको जग्गा निजको मृत्यु पछि अन्यथा प्रमाणित नभए सम्म सबै अंशियारको हक लाग्ने छ ।
ऐनको दफा २०७ मा बिबाह हुन नसक्ने बिबाह भएको नमानिने वा बिबाह सम्बन्ध अन्त्य भएका दम्पत्तिबाट जन्मेका छोराछोरीले जन्माउने बाबु आमाबाट अंश पाउने दफा २०८ मा बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने तथा प्रकाश नगरी बाहिर राखेका पत्नी वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरे पछि अंशमा दावी गर्न नपाउने, दफा २०९मा सगोलमा बसेका दाजुभाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउने अंश नहुदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा छोरीले पाउने तथा कुनै ब्यक्तिका एक भन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउने व्यवस्था छ । त्यसै गरी दफा २१०मा छुट्टि भिन्न भै सकेपछिका पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था छ । यदि दायित्व बहन गर्नु पर्ने व्यक्तिले दायित्व बहन नगरेमा, जुनसुकै अंशियारले अंशको माग दावी गरेमा जुनसुकै समयमा पनि अंशबण्डा गरिदिनु पर्ने व्यवस्था छ । अनी दफा २१४मा विधवाले पनि जुनसुकै अवस्थामा वा आफुले चाहेको अवस्थामा अंश लिइ अलग हुन सक्ने तर अर्को बिबाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ति विधवाको अघिल्लो पति तर्फका छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैले खान लिन पाउने व्यवस्था छ ।
ऐनको २१५ दफामा कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंशबापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्ने व्यवस्था छ । यही ऐनको उपदफा (२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नबवालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन । (३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ ।
अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम, अंशियारहरूले पाउने सम्पत्ति, अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम, बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सो कुरा खुलाउनुपर्नेछ । त्यस्तै बण्डा गर्नुपर्ने सम्पत्ति कुनै अंशियारले नलुकाए वा नछिपाएको कुरा, (च) बाबु आमा वा पति पत्नीको शेषपछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण, (छ) कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा, (ज) अन्य आवश्यक कुराहरू खुलाउनुपर्नेछ ।
नेपालको कानुन अनुसार मानिस जन्मदेखि नै अंशियार हुने र उसले अंश पाउने हक आजन्म रहन्छ । तसर्थ अंश बण्डाको नाउँमा बषौ सम्म मुद्धा मामला तथा आपसी सम्बन्धमा चिसोपना आउने गर्दछ ।

Related Posts

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान सा...
कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ
कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिष...
दरबारमार्ग र ठमेलको रात्रिकालीन सेवा अब झम्सीखेलको ‘अपटाउन लाउन्ज एण्ड क्लब’मा
पुस १४ ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट ला...