काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलकरगैरसरकारी संस्था परिलक्षित को २० औँ साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार ललितपुरको कुपण्डोलस्थित संस्थाको कार्यालयमै उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसअनुसार उल्लिखित आर्थिक वर्षमा कोरोना भाइरस महामारी ९कोभिड– १९० को असरका कारण सोचेअनुरुप कार्यप्रगति गर्न नसकिए पनि कोरोना प्रभावित अपांगता भएका व्यक्तिहरुलाई राहत तथा आत्मनिर्भरका सीपमूलक तालिम प्रदान गर्न सफल भएको संस्थाका कार्यकारी निर्देशक सूर्य ब। थापाले जानकारी दिनुभयो । उहाँले महामारीको समयमा अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री, शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गर्न पाउँदा आनन्द लागेको बताउनुभयो । साथै केही अपांगता भएका व्यक्तिलाई स्यानिटाइजर तथा मास्क बनाउने तालिम दिएर स्वावलम्बन बन्न सहयोग गरको उहाँको भनाइ थियो ।
गैरनाफामूलक संस्था भएकाले स्थापनाकालदेखि विभिन्न उतारचढावका बीच २ दशक लामो यात्रा पार गर्न सफल भएको बताउँदै कार्यकारी निर्देशक थापाले संस्थालाई अझै निरन्तर अगाडि बढाइराख्न आगामी दिनमा पनि दाता, संस्था सञ्चालक, अभिभावक तथा कर्मचारीलगायत सबैको दायित्व महत्वपूर्ण हुने धारण राख्नुभयो ।
संस्थाका अध्यक्ष तुलसा शर्मा हमालले सामाजिक सेवामा सक्रिय रहन पाउँदा गर्व लागेको बताउँदै संस्थालाइ निरन्तर अगाडि बढाइराख्न चुनौती समेत रहेको बताउनुभयो । उहाँले परिलक्षित संस्थाबाट विगतमा छात्रवृत्ति पाएर आफ्नो अध्ययन पुरा गरिसकेपछि हालसम्म सरकारि, गैरसरकारी संस्था तथा अन्य संस्थामा अहिलेसम्म ३५० जना अपांगता भएका व्यक्तिहरूले रोजगारी पाएर आत्मनिर्भर बनेको तथ्य प्रस्तुत गर्दै यसमा खुसी व्यक्त गर्नुभयो ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष भरत श्रेष्ठले आर्थिक वर्ष २०७६र०७७ को आय–व्यय विवरण पेश गर्नुभयो । उहाँले उक्त आर्थिक वर्षमा कोरोना महामारीका कारण दाताहरुबाट समेत पर्याप्त सहयोग जुट्न नसकेको बताउनु भयो । उहाँले यस संस्थाबाट छात्रवृत्तिमा अध्ययन गरेर हाल रोजगार भएका व्यक्तिहरूबाट संस्थाप्रति सहयोग प्रदान गर्ने प्रतिबद्धताले संस्थाको दिगोपनमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।
सभामा संस्थाका उपाध्यक्ष राम ब। मुखियाले स्वागत मन्तव्य राख्नुभएको थियो । सो क्रममा विधान संशोधन तथा लेखा परीक्षण सम्बन्धमा छलफल भई निर्णयहरु सर्वसम्मतिले पारित गरिएको थियो ।
आर्थिक वर्ष २०७६र०७७ मा यस संस्थाबाट १ हजार ६२२ जना अपांगता भएका व्यक्तिहरु लाभान्वित भएका छन् । अपांगता सशक्तीकरण कार्यक्रम अन्तरगत उक्त आर्थिक वर्षमा लाभान्वित व्यक्तिको संख्या— लक्ष्य ९०० जना रहेकोमा प्रगति १ हजार ३१ जना रहेको छ । उक्त कार्यक्रम ललितपुर, धादिङ, कास्की, बाँके, कैलालीमा सञ्चालन गरिएको थियो । साथै संस्थाले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रम अन्तरगत विभिन्न जिल्लामा गरी लाभान्वित व्यक्तिको संख्या— लक्ष्य ४८६ जना रहेकोमा प्रगति ५०४ जना रहेको छ । यस अन्तरगत विद्यालय स्तर, प्लस टु, स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनका लागि अपांगता भएका व्यक्तिहरुलाई छात्रवृत्ति वितरण तथा शैक्षिक सामग्री वितरण, तालिम, गोष्ठी र उनीहरूको हकहितमा बहस तथा पैरवी आदि कार्य संस्थाले गर्दै आएको छ ।