युवराज विद्रोहीको नेतृत्वमा नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन



Published Date:2021-01-12

नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिवमा विमल थापा, सचिवहरू प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर ९महिला० तथा कोषाध्यक्ष कमला नेपाल चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुँयाल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन हुनुभएको छ ।

नेपाल पत्रकार महासंघको एशोसिएट संस्थाको रुपमा रहेको मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील दुई सय पत्रकार सदस्य रहेको अध्यक्ष युवराज विद्रोहीले जानकारी दिनुभयो ।

Related Posts

परिलक्षित संस्थाको २० औँ साधारण सभा सम्पन्न
काठमाडौँ, ९ माघ । सामाजिक सेवामा विगत २ दशकदेखि सक्रिय गैरनाफामूलकरगैरसरकारी संस्था परिलक्षित को २० औँ साधारण सभा सम्पन्न भएको छ । बिहीबार ललितपुरक...
माघीपर्वका अवसरमा परिवार दलको शुभकामना
काठमाडौँ। नेपाल परिवार दलले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
परिवार दलको संगठन बिस्तार अभियान शुरु,धनगढी उपमहानगरपालिकामा बडा समिति गठन
धनगढी । नेपाल परिवार दलले संगठन बिस्तार अभियान शुरु गरेको छ । परिवार दल कैलालीले जिल्लाको धनगढी उपमहानगरपालिका वडा न.१६ मा नेपाल परिवार दलको वडा सम...