परिवार दल अध्यक्ष ढकाल र नेकपा महासचिव पौडेलबीच भेटवार्ता



Published Date:2020-12-28

राजनीतिक दलहरुलाई विश्वासमा लिएर अघि बढ्न नेकपालाई परिवार दलको सुझाव

पुस १३ काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र नेकपा महासचिव एवम् अर्थमन्त्री बिष्णु पौडेल बीच सोमबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा पछिल्लो बिकसित राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भएको अध्यक्ष ढकालका स्वकीय सचिब जीतेन्द्र श्रेष्ठले बताए। भेटमा महासचिव पौडेलले संसद पुनर्स्थापनाको कुनै सम्भावना आफुले नदेखको बताउँदै मुलुक निर्वाचनमा गईसकेको जिकिर गरे । महासचिव पौडेलले बाध्यात्मक अवस्था सृजना गरेपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने लोकतान्त्रिक निर्णय गर्नु भएको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलसंँग पनि सहकार्य गर्ने प्रस्ताब समेत गरेको स्वकीय सचिब श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भेटमा अध्यक्ष ढकालले मुलुकका राजनैतिक दलहरुलाई बिश्वाशमा लिएर मात्र अघि बढ्न नेकपालाई सुझाब दिएका थिए ।

Related Posts

राजनीतिक दल तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति परिवार दलद्धारा चिन्ता ब्यक्त
सर्बोच्चको फैसला नेपालको संबिधान र शाशकिय प्रणाली अनुरुप आउछ : अध्यक्ष ढकाल काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्र...
अनलाइनको मुद्दामा संचार मन्त्रालयलाई छलफलका लागि बोलाउने सर्बोच्चको आदेश
काठमाडौंअनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै सर्बोच्च अदालतले शुक्रबार कारण देखाउ आद...
संसद् विघटनविरुद्धको मुद्दाः फैसला आउन कम्तिमा फागुनको पहिला साता लाग्ने अनुमान
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न १२ वटा रिट निवेदन दायर भए। र अहिले सर्वोच्चको संवैधानिक इजलासमा बहस जार...