सुख दुख हो जीबन ।
आशु हासो हो जीबन ।
घाम छाया हो जीबन ।
उकालो ओरालोको लामो यात्ता हो जीबन ।
एक सिक्काको दुई पाटो हो जीबन ।
रात पछि आउन्छ् दिन ।
अध्यारो पछि आउन्छ् उज्यालो ।
दुख पछि आउन्छ् एक दिन सुख ।
केबल पर्छ् मात्र पर्खन् ।
जान्नु पर्छ् मात्र जिउन् ।
जस्तै निभ्नु पर्छ, बलेको आगो एक पटक ।
तेस्तै जन्मे पछि, मर्नु पर्छ् एक दिन ।
खालि हात आएर जानु पर्छ्, खालि हात् नै एक दिन ।
एक्लै आए पछि जान्नु पर्छ् एक्लै नै ।
जीबनको तितो यथार्त् हो येहि नै ।
(अच्युत मान सिंह प्रधान उत्सुक्
बालुवाटार्, काठमाडौं ।