वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम भुक्तानीको लागि अब लाइन नबसी ‘खल्ती’ एपबाटै अनलाइन तिर्न सकिने



Published Date:2020-12-05

वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन्।

भुक्तानी गर्न चाहनुहुनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा Khalti.com वेव पेजको होम स्क्रीनमा गइ सरकारी सेवा ( Government Services ) मेनुबाट वैदेशिक राेजगार कल्याणकारी काेष (DoFE) ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्छन् । वैदेशिक राेजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ । वैदेशिक राेजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपममा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्छन् ।

कल्याणकारी कोषमा यसरी जम्मा भएकाे रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूकाे हितमा प्रयोग गरिन्छ । 

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ।  ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् । 

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती डिजिटल वालेट’ एप Khalti.com/app बाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ । 

Related Posts

कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दै :कुटनितिक बिज्ञहरु
काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार र...
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पसहित विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका...
राजनीतिक दल तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति परिवार दलद्धारा चिन्ता ब्यक्त
सर्बोच्चको फैसला नेपालको संबिधान र शाशकिय प्रणाली अनुरुप आउछ : अध्यक्ष ढकाल काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्र...