सुबिसु एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी



Published Date:2020-11-12

काठमाण्डौ । सुबिसु एमएएनआरएस ९म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी० मा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी बनेको छ ।
एमएएनआरएस भनेको राउटिङ सिक्युरिटी सम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल पहल हो ।जसले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्छ ।एनटीएको साइबर सेक्युरिटी सम्बन्धी निर्देशिकामा एमएएनआरएसलाई हरेक आईएसपी, एनएसपी र टेल्कोसले अनिवार्यरुपमा लागू गर्नु पर्ने प्रावधान छ । इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटना भइरहेका हुन्छन् । जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्छ । जस्तै राउट ह्याकिङ, राउट लिक, आईपी एड्रेस स्पुफिङ लगायतका नकारात्मक गतिबिधिहरुले गर्दा डीडीओएस एट्याक, ट्राफिक इन्सपेक्सन, लस अफ रेभिन्यु, रिपुटेसनल ड्यामेज, जस्ता समस्याहरु निम्त्याउँछ ।

एउटा आईएसपीको राउटिङ समस्यमले गर्दा ग्लोबल इन्टरनेटमै व्यापक समस्या आउने भएकाले त्यसो हुन नदिन एमएएनआरएसको ग्लोबल पहलमा सम्झौता गरिएको कम्पनीले बताएको छ ।

Related Posts

राजनीतिक दल तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति परिवार दलद्धारा चिन्ता ब्यक्त
सर्बोच्चको फैसला नेपालको संबिधान र शाशकिय प्रणाली अनुरुप आउछ : अध्यक्ष ढकाल काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्र...
अनलाइनको मुद्दामा संचार मन्त्रालयलाई छलफलका लागि बोलाउने सर्बोच्चको आदेश
काठमाडौंअनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै सर्बोच्च अदालतले शुक्रबार कारण देखाउ आद...
संसद् विघटनविरुद्धको मुद्दाः फैसला आउन कम्तिमा फागुनको पहिला साता लाग्ने अनुमान
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न १२ वटा रिट निवेदन दायर भए। र अहिले सर्वोच्चको संवैधानिक इजलासमा बहस जार...