१६ जना चिकित्सकले दिए सामूहिक राजीनामा



Published Date:2020-11-04

वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएपछि उनीहरुले सामूहिक राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको चिकित्सकहरुले गुनासो गरेका छन् । तर, राजीनामा स्वीकृत नहुँदासम्म काम गरिरहने चिकित्सकहरुको भनाइ छ । अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा ध्यान नदिएको भन्दै १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

Related Posts

सुनुवाइ समितिले अनुमोदन गर्‍यो सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको नाम
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठ...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय ...
क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...