नेपाल अन्तर्राष्ट्रिय आर्ट एक्टको अध्यक्षमा रामहरि गिरी



Published Date:2020-10-31

चित्रकला तथा चित्रकारहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय आर्ट एक्टस्को नेपाल च्याप्टरको अध्यक्षमा रामहरि गिरी चयन भएका छन् । उक्त संस्थाका ग्लोबल चेयरमेन अध्यक्ष डा। दिपेन्कर रोयले शुक्रबार भएको विश्व सम्मेलन मार्फत् नेपालको अध्यक्ष पदमा रामहरि गिरीलाई चयन गरेको घोषणा गरेका थिए । गिरी लामोसमय सम्म अध्यापन पेशामा सकृय रहँदै आएका छन् भने रिसर्च एण्ड डेभलपमेन्ट इन्स्टीच्युट अफ नेपालका महासचिव तथा सामाजिक संस्था च्यालेन्ज फर चेन्ज का अध्यक्ष समेत रहेका छन् । उनी लामो समयदेखि सामाजीक क्षेत्रमा क्रियाशील छन् ।

अन्तर्राष्ट्रिय आर्ट एक्टस् विश्वका करिव ९२ वटा मुलुकमा सांगठनिक रुपमा संचालनमा रहेको संस्था हो । नेपालमा आर्ट एक्टस् गठन पछि नेपाली चित्रकला र कलाकारहरुको कलाका माध्यमबाट नेपाललाई विश्व मञ्चहरुमा चिनाउन सकिने तथा विश्वका अन्य देशका कलाकारहरुको कलाका बारेमा नेपालमा परिचित गराउन उपयुक्त मञ्च हुने अध्यक्ष गिरीले बताएका छन् । भारत कोरिया , थाईल्याण्ड, फिलिपीन्स मलेशिया लागयत देशमा भएका नेतृत्व सम्मेलनमा सहभागि भएका गिरी पछिल्लो समय युवाहरुका क्षेत्रमा बिभिन्न काम गरिरहेछन् ।

Related Posts

युवा पूस्ताका कलाकारले रुचाएका छायाँकार हुन् प्रबेस राई
काठमाण्डौ । अहिलका युवा पुस्ताले रुचाईएका छायाँकार अर्थात क्यामरा मेन हुन प्रबेश राई । छोटो समयमा नै दजनौ म्यूजिक भिडियो तथा टेलिफिल्मको छायाँकन गर...
१६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएप...
कलाकारितामा आफनो भबिश्य खोज्दै कलाकार बिकास शर्मा
काठमाडौं । कलाकार दिपक क्षेत्रीबाट प्रभाबित भएर कलाकारिता क्षेत्रमा प्रबेश गरेका युवा पूस्ताका चचित मोडल तथा कलाकार हुन बिका शर्मा । आज भन्दा २६ बर...