कलाकारितामा आफनो भबिश्य खोज्दै कलाकार बिकास शर्मा



Published Date:2020-10-13

काठमाडौं । कलाकार दिपक क्षेत्रीबाट प्रभाबित भएर कलाकारिता क्षेत्रमा प्रबेश गरेका युवा पूस्ताका चचित मोडल तथा कलाकार हुन बिका शर्मा । आज भन्दा २६ बर्ष अगाडि सप्तरी जिल्लाको रुपनी गाउँपाकिला ५ मा तीन दाजुभाई र एक दिदी मध्ये माईला छोरा हुन बिकास सानै देखि कलाक्षेत्र रुचाउँथे ।


उनी घर गाउमा तथा बिद्यालयमा आयोजनामा हुने हरेक साँस्कृतिक कार्यक्रमा उनको सहभागिता जनाउथे । ब्यबसायीक पृष्ठभूमि रहेका कलाकार बिकासको प्रारम्भीक शिक्षा भने काठमाण्डौको प्रोलिफिक स्कुलबाट भयो । कलाकार बिकासले दजनौ म्यूजिक भिडियो , टेलिफिल्म ,बृतचित्र तथा फिल्ममा समेत अभिनय गरिसकेकाछन् । उनले फर्केको फुल, मेरी प्रीय, परदेशीको गुनासो, जिन्दगी यो, तिम्रो मन बदलियो लगायतका दुई दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।


२०७० साल देखि कलाकारितामा लागेका बिकासले धिरेन शाक्य, रबिन्द्र झा अनुपबिक्रम शाहि लगायतका कलकारहरुसँग सगै काम गरिसकेका छन् । भुक्काराम,तनाब भो, नरिसाउन लगायतको टेलिफिल्मा समेत अभिनय गरीसकेका शर्माले रजिना महर्जन, मिना ब्लोन,रिया श्रेष्ठसँग खेलको म्यूजिक भिडियो युवा पुस्तामा चर्चि छ ।


सरकारी जागिरे समेत रहेका बिकास शर्मा अभिनयको लागि जुनसुकै बेला पनि तयार हुने उनले सामाजिक बिषयबस्तुमा बनेको चलचित्र मनुमा पनि अभिनय गरेका छन् । गहुगोरो बर्ण हक्की स्वभावका उनी जसलाई जे परे पनि तत्काल आफुले सक्ने सहयोग गर्न तयार भईहाल्छन् ।
माला चलचित्रमा शिर्ष भूमिका निर्बाह गरेका बिकास शर्मा निर्देशक तेन्जी लामालाई आफ्नो अभिनयको गुरु मान्छन् । बिकास भबिश्यमा पनि राम्रा म्यूजिक भिडियो तथा ठूलो पर्दाको चलचित्र लिएर दर्शक माझ आउने प्रत्तिवदता जनाए ।


आफू जीवनभर कलाकारिता क्षेत्रमा लाग्ने बताउने कलाकार बिकासको आगमी कलाकारित यात्रा कस्तो हुनेछ भन्ने हर्ने भने बाँकी नै छ तर उनको अहिलेको मेहनत र प्रयास हेर्दा नेपाली कलाकारिता क्षेत्रमा उनले ठूलो योगदान गर्ने सम्भावना छ । कलाकार बिकास यतिबेला आफु अत्यन्तै व्यस्त रहेको बताउँछिन् । सानो पर्दामा आफ्नो अभियन रुचाइएकै कारण यतिबेला आफुलाई ठूलो पर्दाको चलचित्रमा काम गर्ने अफर आएको पनि बताउछन् ।पछिल्लो समय बिकास दशै गितको म्यूजिक भिडियोमा ब्यस्त छन् उनले हालसालै निधारमा टिका र आशु बरर नामक दूई दशै गितमा अभिनय गरेका छन् जुन अहिले निकै चर्चामा छ ।

Related Posts

युवा पूस्ताका कलाकारले रुचाएका छायाँकार हुन् प्रबेस राई
काठमाण्डौ । अहिलका युवा पुस्ताले रुचाईएका छायाँकार अर्थात क्यामरा मेन हुन प्रबेश राई । छोटो समयमा नै दजनौ म्यूजिक भिडियो तथा टेलिफिल्मको छायाँकन गर...
१६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएप...
नेपाल अन्तर्राष्ट्रिय आर्ट एक्टको अध्यक्षमा रामहरि गिरी
चित्रकला तथा चित्रकारहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय आर्ट एक्टस्को नेपाल च्याप्टरको अध्यक्षमा रामहरि गिरी चयन भएका छन् । उक्त संस्थाका...