बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने



Published Date:2020-09-21

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नुहुनेछ । साथै ग्राहक महानुभावहरुले खल्तीबाट उपलब्ध डिजिटल सुबिधाहरु प्रयोग गर्न सक्नुहुनेछ । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुबिधाहरु (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले आफ्नो मुलनारा “हजुरको जिबन सहज बनाउँदै” बमोजिम विभिन्न समयमा सेवा तथा सुबिधाहरुलाई ग्राहक महानुभाव माझ ल्याउदा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै आईरहेको छ । यस बैंकबाट प्रबाह गरीदै आईरहेको सेवा तथा सुबिधाहरुमा व्यावसायिक फाईदाहरु भन्दा ग्राहक महानुभावहरुको जिवन सहजतालाई केन्द्रबिन्दुमा राखिएको छ र भबिष्यमा पनि यस्ता ग्राहक केन्द्रित सेवाहरु प्राथमिकतामा रहने समेत बिश्वास बैंकले लिएको छ । 

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

Related Posts

वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम भुक्तानीको लागि अब लाइन नबसी ‘खल्ती’ एपबाटै अनलाइन तिर्न सकिने
वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्छन् । यो...
सुबिसु एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी
काठमाण्डौ । सुबिसु एमएएनआरएस ९म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी० मा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी बनेको छ । एमएएनआरएस भनेको राउ...
सुजुकीको दशै तिहार योजना
सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले आउँदै गरेको वडा दशै, शुभदिपावली ...