रञ्जन कोइराला प्रकरण सरकारले भन्यो– ‘फैसला गलत छ, उल्टिनुपर्छ’



Published Date:2020-07-24

महान्यायाधिवक्ता कार्यालयले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्चले गरेको फैसला पुनरावलोकनका लागि बिहीबार निवेदन दिएको छ । उक्त निवेदनमाथि तीन सदस्यीय इजलासले सुनुवाइ गरेर पुनरावलोकनको अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले फैसलाका केही आधारमा मात्रै प्रश्न उठाएर निवेदन दिने निर्णय भएको र त्यो दर्तासमेत भएको बताए । ‘न्याय प्रशासन ऐनमा नजिर तथा कानुनका मान्य सिद्धान्तको प्रतिकूल फैसला भएको देखिए पुनरावलोकन हुने भन्ने व्यवस्था छ,’ रेग्मीले भने, ‘यो लगायत आधारमा टेकेर निवेदन दिएका हौं ।’

महान्यायाधिवक्ता कार्यालयले पुरानो कार्यविधि ऐन ९मुलुकी ऐनको दफा १८८० उद्धृत गर्दै कैद घटाएकामा प्रश्न उठाएको छ । नयाँ ऐनमै भएको व्यवस्थाको गलत प्रयोग भएको दाबी गरेको छ । अर्कोतर्फ अपराधको गाम्भीर्य हेर्दा पनि कैद घटाउन नमिल्ने भनी दाबी भएको उनले बताए ।

न्याय प्रशासन ऐनअनुसार, सर्वोच्चको फैसला अन्तिम हुन्छ । तर सर्वोच्चले नै प्रतिपादन गरेको नजिर बाझिए, नयाँ तथ्य वा प्रमाण फेला परे, फैसलामा गम्भीर त्रुटि भेटिए पुनरावलोकन हुने व्यवस्था छ । त्यसका लागि फैसलामा चित्त नबुझाउने पक्षले ६० दिनभित्र सर्वोच्चमा निवेदन दिनुपर्छ ​।

निवेदन उपर दुईभन्दा बढी न्यायाधीश सम्मिलित इजलासले पुनरावलोकन स्वीकृति दिनेरनदिने आधार खोज्नेछ । आधार भेटिए स्वीकृति दिन्छ । मुद्दाको पुनरावलोकनका क्रममा यसअघि फैसलामा सम्मिलित न्यायाधीशहरू बाहेकको इजलासले उक्त निवेदनको सुनुवाइ गर्छ ।

सर्वोच्च अदालतले पुनरावलोकनको निवेदनलाई स्वीकृति दिए पहिले फैसला गर्ने अनि पुनरावलोकनको निवेदन सुनुवाइ गर्ने बाहेकका न्यायाधीश संलग्न ३ सदस्यीय पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ । कान्तिपुर दैनिकमा ख बर छ ।

Related Posts

सुनुवाइ समितिले अनुमोदन गर्‍यो सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको नाम
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठ...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय ...
क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...