अदालत उपस्थित हुन पिसिआर रिपोर्ट चाहिने



Published Date:2020-06-22

काठमाडौं– जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने आदेश गरेको छ।सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेको हो।साथै प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट रहेर काम गर्नुपर्ने भएकाले उनीहरूको समेत पिसिआर जाँच अनिवार्य भएको आदेशमा उल्लेख छ।

विद्युतीय कारोबारको आरोपमा अदालत उपस्थित गराइएका एकराम राईको मुद्दाको सुनुाईको क्रममा अदालतले यस्तो आदेश जारी गरेको हो।अदालतमा उपस्थित हुने सेवाग्राही, प्रतिवादीहरु, सुरुक्षाकर्मीहरु, सरकारी वकिल एव कानून व्यवसायीहरु र अदालतमा कार्यरत जनशक्तिले समेत कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्ने आदेश जारी गरेको हो। पिसिआर रिपोर्टमा कोरोना नदेखिएको अवस्थामा मात्रै अदालतमा उपस्थित हुन पाइने अदालतको आदेशमा उल्लेख गरेको छ।(नेपाल लाईभ अनलाईनबाट साभार )

Related Posts

तीन दशकसम्म मुद्दाको झमेला
सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछ...
श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्र...
रञ्जन कोइराला प्रकरण सरकारले भन्यो– ‘फैसला गलत छ, उल्टिनुपर्छ’
महान्यायाधिवक्ता कार्यालयले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्चले गरेको फैसला पुनरावलोकनका लागि बिहीबार निवेदन दिएको छ । उक्त निवेदनमाथि...