परिवार दलले भन्यो ‘दलित युवकको हत्याबारे तत्काल निष्पक्ष छानबिन गर’



Published Date:2020-05-26

काठमाडौं । नेपाल परिवार दलले जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी युवतिबीचको प्रेम सम्बन्धलाई विहेबारीमा परिणत गर्न गएको केही दलित माथि भएको सांघातिक हमला र हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटनाप्रति घोर भत्सवर्ना गरेको छ ।
नेपाल परिवार दलका अध्यक्ष एवम् प“र्वमन्त्री एकनाथ ढकालले ‘स्थानीयको आक्रमणमा दलित युवकले ज्यान गुमाएको घटनाको तुरुन्त छानबिन गर्न ’ माग पनि गरेका छन् ।
उनले बिज्ञप्ति जारी गरि ‘मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेकोमा अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद र अमानविय बिषय’ पनि उल्लेख गरेका छन् । दलले दोषीमाथि कारबाही, घटनामा बेपत्ता भएकाको खोजी, मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग पनि गरेको छ । परिवार दलले भविष्यमा यस्ता घटना दोरिन नदिने सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

Related Posts

पिस फोर्स नेपालको सोलुखुम्बु जिल्ला कमिटी गठन
सोलुखुम्बु जिल्ला सल्लेरीमा एक कार्यक्रमका बिच केन्द्रीय अध्यक्ष श्री रविन्द्र चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मिङमार डोमा शेर्पाको अध्यक्...
सोनाम ल्होसारको अवसरमा परिवार दलको शुभकामना
सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव कार्यम गर्न मद्धत पुग्ने काठमाडौं। तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अव...
अध्यक्ष ढकाल र मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मन्त्री बीच भेटबार्ता
नेपाल परिवार दलका अध्यक्ष तथा नेपाल सरकारका पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र इस्ट टिमोरकि विदेश मामिला मन्त्री अदाल्जीज़ा अल्बेर्तिन...