नेपालले जारी गरेको नयाँ नक्सा मान्य छैन :भारत



Published Date:2020-05-20

भारतले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मान्य नहुने बताएको छ । नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने पनि भारतले दाबी गरेको ।

बुधबार राति भारतको विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्तिजारी गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्। बुधवार नेपालले आफ्नो सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतको यो प्रतिक्रिया आएको हो।

श्रीवास्तवले नेपालले एकतर्फी रूपमा जारी गरेको नक्शा ऐतिहासिक तथ्यमा आधारित नभएको पनि बताएका छन्। र, यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको बताएका छन्। ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता श्रीवास्तवले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् । यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी समेत भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं।’

साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक महोल बनाउने भारतले आशा राखेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Related Posts

सुनुवाइ समितिले अनुमोदन गर्‍यो सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको नाम
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठ...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय ...
क्राईसिस कमिटीद्धारा आयोजित बत्तित्वकलामा श्रेया कडरिया प्रथम
काठमाण्डौ । क्राईसिस कमिटी नेपाल द्धारा आयोजित राष्टिय स्तरिय बत्तित्वकलमा गोल्डेन गेट कजेजमा अध्यनरत श्रेया कडरिया प्रथम भएकी छन् । यस्तै सोही कले...