कोरना भाइरस परीक्षणको दायरा बढाउन सर्वोच्चको अन्तरिम आदेश



Published Date:2020-05-14

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआर दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।”

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो । साथै, आदेशमा महामारी नियन्त्रणमा सरकारले गरेका कामहरुका बारेमा १५ दिनभित्र लिखित जवाफ दिनसमेत भनिएको छ

Related Posts

सरकार र विप्लवबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर
 प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रव...
फ्री अनलाइन क्लास दिदै आइडियल इङलिस स्कुल
काठमाण्डौ । कोरना भाइरस संक्रमणलेले बिस्वनै आक्रान्त पारिरहेको यो समयमा नेपाल पनि पुर्णतया लक्डाउनमा रहेको छ। यसले सम्पूर्ण क्षेत्रलाई प्रभाबित पार...
कति नेपाली क्वारेन्टाइनमा :६३ जना आइसोलेसनमा
काठमाण्डौ । कोरोना भाइरस कोभिड १९संक्रमणको आशंकामा देशका विभन्न स्थानमा १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। सोही भाइरस संक्रमणको आशंकामा ६३ ...