सफल कानुन ब्यबसायीमा हुनैपर्ने केही सिपहरु



Published Date:2020-05-01

१.प्रभावकारी र सहज सञ्चार क्षमता
मान्छे वकिलकहाँ संकटका बेला आउँछ । के त पिडामा के त कसुर गरेपछि । उसले वकिललाई सहजै साँचो कुरा बताउँदैन । पहिले सेवाग्राहीसँग खुलेर मन माझ्नुपर्छ र उसको सबै कुरा थाहा पाउनुपर्छ ताकी भोली उसको वकालत गर्दा सजिलो होस् । वकिल राम्रो वक्ता र उत्कृष्ट लेखन शैली भएको त हुनैपर्छ साथसाथै उसले आफूमा ‘राम्रो श्रोता’को पनि गुण ग्रहण गर्नुपर्छ । राम्ररी तथ्य सुनेर मात्रै ती तथ्यका आधारमा वकालत गर्न सजिलो हुन्छ । सेवाग्राहीको कुरा, साक्षीको कुरा र न्याययाधीशको कुरा मात्र हैन विपक्षी वकिलको पनि कुरा तर्कतापूर्व सुन्ने र विश्लेषण गर्ने क्षमता राख्नुपर्दछ । विशेषतः वकालत लेखनकलामा पनि भर पर्छ । वकिलको लेखाई स्पष्ट, प्रभावकारी र सचेत हुनुपर्छ ।

२.निर्णय क्षमता
विवेकशील, तथ्यपरक र स्पष्ट निश्कर्ष निकाल्न सक्नु वकिलको अनिवार्य आवश्यक क्षमता हो । कहिलेकाही थोरै सूचनाबाट स्पष्ट निश्कर्ष निकालेर अघि बढ्नुपर्छ । विपक्षीका कस्ता तर्कबाट कस्तो निश्कर्ष निकाल्नुपर्ने हो र कस्तो मार्गबाट अघि बढ्नुपर्ने हो भन्ने तुरुन्तै निर्क्यौल गर्न सक्नुपर्छ ।

३. विश्लेषण क्षमता
अध्ययन गर्दा र अभ्यास गर्दा प्राप्त सूचना र ज्ञानबाट तार्किक र सापेक्षित निश्कर्ष निकाल्न त्यो तथ्य वा सूचनालाई मिहिन ढंगले विश्लेषण गर्न जरुरी हुन्छ ।

कहिलेकाहीँ एक भन्दा बढी तर्कहरु र तथ्यहरु निर्णायक हुन सक्छन्। तिनको प्रार्थमिकिकरण गरेर तर्कहरुमा कानूनी व्यवस्था नजिरहरुको संयोजन गर्नसक्नुपर्दछ । सेवाग्राही र साक्षीका कुराको न्यायिक अर्थ निकाल्न उत्कृष्ट विश्लेषणरसँष्लेषण क्षमता हुनुपर्दछ ।

४.अनुसन्धानको दक्षता
हरेका पेशाजस्तै वकालतमा पनि अनुन्धान तथा खोजको महत्वपूर्ण आवश्यकता हुन्छ । कानूनी रणनीति बनाउन तथा सेवाग्राहीलाई सन्तुष्ट बनाउन छिटो र प्रभावकारी अनुसन्धान गर्ने क्षमता वकिलले राख्नुपर्दछ ।

५. जनसम्पर्क
वकिलले अदालत र ल फर्ममा मात्र हैन समाजमा र समाजिक जीवनका विभिन्न पाटाहरुमा उभिनुपर्ने हुन्छ । वकालतको श्रेष्ठता कति र कस्तो अध्ययन गरेको छ भन्दा बढी उसको जनसम्पर्क कस्तो छ भन्नेले निर्धारण गर्ने नै भयो । वकिलले नागरिकका लागि नागरिककै पक्षमा वकालत गर्छ र उसको सहायताले भएको निर्णय या फैशलाले नागरिककै जीवनमा असर गर्छ । आम मनोविज्ञान बुझ्ने र तत्अनुरुप जनसम्पर्क विस्तार र सुदृढ गर्न सक्षम हुनुपर्छ ।

न्यायाधीशको निर्णय साक्षीको इमान्दार बयान र वादी(प्रतिवादीको अदालतमा व्यक्त तथ्यपूर्ण धारणाका आधारमा हुने हो । वकिलले मान्छेको मन बुझ्न सक्ने भयो भने उले साक्षी र सेवाग्राहीलाई सहज वातावरण बनाइदिनसक्छ । राम्रो जनसम्पर्कले सेवाग्राही र न्यायधीलाई मात्र हैन विपक्षी वकिललाई पनि प्रभावित गर्न सकिन्छ ।

६. लगनशीलता
“लगनशीलता अनुशासनको लामो क्रमबद्ध म्याराथन हैन बरु यो त छोटा परिघटनाहरुको निरन्तरता हो” भन्ने उक्ति नै छ । वकिल लगनशील हुनुपर्छ । एक मुद्दामा पस्नु र त्यसबाट सफलतापूर्वक पार लाग्नु चुनौतिपूर्ण हुन्छ नै । त्यस चुनौती चिर्ने हतियार भनेको लगनशीलता नै हो । मुद्दा लड्न मात्र हैन कानून पढ्न पनि प्रतिबद्धता र लगनशीलता चाहिन्छ नै । मुद्दाको सफल अन्त गर्दासम्म वकिलले मुद्दा बाहेक अन्यत्र ध्यान दिनै हुन्न ।

७. सिर्जनशीलता
चर्चित अधिवक्ताहरु राम्रो तार्किक र विश्लेषण गर्ने मात्र हुँदैनन कुशल र्जक पनि हुन्छन् । सिर्जनशीलताले समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्छ ।

अंग्रेजीमा ‘रिडिङ विटविन दी लाईन्स’ वा ‘आउट अफ बक्स’ भनेको जस्तो वकिलले शब्दको अर्थमात्र हैन भावना समेत ग्रहण गर्न या प्रदान गर्न सक्नुपर्छ ।

८.अनुशासन
अनुशासन सबैलमा हुनुपर्छ । तर त्यो व्यकति जसले कानूनको उपयोग मार्फत समाजमा न्याय स्थापित गर्न तत्पर छ त्यो व्यक्ति अझै अनुशासित हुन जरुरी छ । कानूनको दुरुपयोग वा उल्लंघन नगर्नु र वकालती पेशागत नियम पालना गरेर मात्र वकिल अनुशासित हुँदैन उले मानवता र वृहत्तर हितलाई ध्यान दिन सक्नुपर्दछ ।

Related Posts

अनलाइन संचारमाध्यम नवीकरण नगरे रोक लगाउने ब्यवस्था सबोच्चद्वारा खारेज
अब अनलाइन नवीकरण गर्नु नपर्नेकाठमाडौं्अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधान सबोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकार ...
तीन दशकसम्म मुद्दाको झमेला
सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछ...
सांसदको छातीमा त्रुटिपूर्ण लोगो
देशको नक्सा सच्चियो । सच्चिएको चुच्चे नक्सा समेटेर संसद्ले सांसदको छातीमा राख्ने लोगो फे¥यो । जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि...