काठमाडौं । सरकारले अबको एक सातको ‘लकडाउन’ झन कडा गर्ने भएको छ । लडकडाउनको समयमा छिमेकी मुलुक भारतमा सर्वसाधारण ह्वारह्वार्ती सडकमा निस्केको र त्यहाँको अनुशरण गरेर नेपालमा पनि लकडाउन भंग गर्ने क्रम बढेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको हो । सरकारले लकडाउन उल्लंघन नियन्त्रण गर्न संक्रमक ऐन २०२०लाई सक्रिय बनाउने समेत जनाएको छ ।
कोरोना भाइरस कोभिड–१९्संक्रामण फैलिन नदिन सरकारले यो नीति लिएको हे। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय छिमेकी मुलुक भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा निस्कने जो कोहीलाई पनि कठोर भएर कारवाही गर्ने जनाएको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिए ।