कति नेपाली क्वारेन्टाइनमा :६३ जना आइसोलेसनमा



Published Date:2020-03-27

काठमाण्डौ । कोरोना भाइरस कोभिड १९संक्रमणको आशंकामा देशका विभन्न स्थानमा १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। सोही भाइरस संक्रमणको आशंकामा ६३ जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा ७ सय ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षण गरिएकामध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र अन्य ७ सय ५५ जनामा नदेखिएको मन्त्रालयले जनाएको छ।
विदेशबाट आएका नेपालीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। खासगरी युरोप, अमेरिका, खाडीबाट डिपोर्ट भइ आएका र लक डाउन भएपछि भारतबाट आएकाहरलाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बस्नेमा ठूलो संख्या भारतबाट आउनेहरुको छ।

सातवटै प्रदेशमा क्वारेन्टाइन निर्माण गरी सञ्चालन गरिएको छ । आइिसोलेशन वेडमा उपचारत ४६ जनाको हेरचाहमा १ सय ९० स्वास्थ्यकर्मी खटिएको स्वास्थ्यकर्मी नेपाली सेनाका हुन्।

विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस फैलिएपछि यसलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले नेपाललाइ चैत ११ गतेबाट लकडाउन गरेको छ। अहिल पूरै नेपाली होम क्यारोन्टाइमा बसिरहका छन् ।

Related Posts

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन शूरु : परिवार दलसँग आगामी निर्बाचनमा सहकार्य हुन्छ :ओली
काठमाण्डौ । नेपाल परिवार दलको तस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा शूरु भएको छ । महाधिबेसनको ने.कपा एमाले अध्यक...
नेपाल परिवार दल तेश्रो राष्ट्रिय महाधिवेशनमहाधिबेसनको तयारी पुरा
महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी काठमाण्ड...
एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौ...