डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ नियन्त्रणमा



Published Date:2020-03-13

डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस/रिसवत रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सन्तमाया श्रेष्ठकोलाई जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ गठ्ठाघर चोकमा गाडी रोक्न लगाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रु. २,०३,५००।– (दुई लाख तीन हजार पाँच सय) सहित मिति २०७६।११।२९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Related Posts

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता
कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प...
खोप लक्ष्य पूरा नहुने संकेत
सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुन...
नेपाल महिला परिवारको बिशेष भेला सम्पन्न
अगामि निर्वाचन अघिनै निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक ः अध्यक्ष ढकाल , बुद्धिमाया पुनको नेतृत्वमा १०१ सदस्यीय केन्द्रिय समिति घोषणा, गायिका प...